• Friday 28th of February 2020
Gokarneshwor Online

Advertisment

SKIP THIS

प्रधानमन्त्री र शीर्ष नेताबीच छलफल


  • गोकर्णेश्वर अनलाइन
  • शुक्र, माघ ३, २०७६

प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी चयनलगायतका विषयमा आज नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको छ । द्वन्द्वकालीन घटनालाई निरुपण गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सहमतिका आधारमा पदाधिकारी चयन र ती आयोगमा यसअघि परेका उजुरी तथा मुद्दाका विषयमा छलफल भएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उहाँहरुबीच यी आयोग र समसामयिक विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा गहन छलफल भएको छ ।

प्रतिक्रिया
© copyright 2020 and all right reserved to gokerneshwor online Site By : SobizTrend Technology