• Monday 6th of April 2020

सांसद बस्नेतको एक महिनाको तलब कोरोना नियन्त्रण कोषमा


  • गोकर्णेश्वर अनलाइन
  • सोम, चैत्र १०, २०७६

सांसद महेश बस्नेतले कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने घोषणा गर्नुभएको छ । सांसद बस्नेतले आफ्नो सांसदबापत सरकारी सेवाबाट प्राप्त भएको एक महिनाको तलब कोषमा जम्मा गर्ने घोषणा आज गर्नुभएको हो । उहाँले सरकारको निर्देशनलाई अवज्ञा नगरी, आतङ्कित नभई सेल्फ क्वारेन्टाइनमा बस्न सबैलाई आग्रहसमेत गर्नुभयो । सङ्क्रमणको जोखिम नेपालमा पनि रहेको बताउँदै उहाँले कोरोना भाइरसको सङ्क्रमणबाट आतङ्कित हुने नभई सावधानी अपनाउन आम नेपाली नागरिकलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया
© copyright 2020 and all right reserved to gokerneshwor online Site By : SobizTrend Technology