• Saturday 25th of July 2026

पेरुमा सडक दुर्घटना, १९ जनाको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

लिमा, २७ कात्तिक (रासस-सिन्ह्वा) – पेरुको उत्तरी ला लिबरटाडमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् । पेरु प्रहरीका अनुसार उक्त बस पहाडी राजमार्गको सडकबाट करिब ३०० मिटर तल नदीमा खसेको थियो । उक्त बस राजधानी लिमाबाट उत्तरतर्फ करिब ५५७ किलोमिटर टाढा त्रुजिलो शहर नजिक भएको हो । प्रहरी अधिकारी लुइज कोन्भेनासले बाक्लो हुस्सुका कारण बस दुर्घटना भएको हुनसक्ने बताउनुभयो । घाइतेहरुको उद्धार गरी उपचारका लागि नजिकका अस्पतालमा भर्ना गरिएको पनि उहाँले जानकारी दिनुभयो । प्रहरीका अनुसार उक्त बस कालान्काबाट त्रुजिलोतर्फ गइरहेको थियो । पेरुमा एन्डिज पर्वतमालामा बारम्बार सडक दुर्घटना हुने गरेका छन् । यो भूभाग समुद्री सतहबाट दुई हजारदेखि तीन हजार मिटर उचाईमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology