• Saturday 25th of July 2026

बस र टेम्पो ठोक्किँदा भारतमा सातको मृत्यु, बाह्र घाइते


  • गोकर्णेश्वर अनलाइन

२८ कात्तिक (रासस÷एएनआई) : भारतको राजस्थान राज्यमा बुधबार राती भएको दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । यात्रुबाहक बस र टेम्पो एकआपसमा ठोक्किँदा भएको सो दुर्घटनामा परी अरु बाह्र घाइते भएका छन् । राजस्थान राज्य अन्तर्गत पर्ने खातुश्याम्जी भन्ने ठाउँमा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । “घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ,” स्थानीय प्रहरी प्रमुख दिनेश कुमारले संचारकर्मीहरुसँग भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology