• Saturday 25th of July 2026

लिबियाको समस्या समाधानबारे इजिप्ट र जर्मनीबीच छलफल


  • गोकर्णेश्वर अनलाइन

३० कात्तिक (रासस,सिन्ह्वा) : लिबियामा जारी संकटको समाधानका लागि इजिप्ट र जर्मनीबीच छलफल भएको जनाइएको छ । शुक्रबार जर्मनीका चान्स्लर एन्जेला मार्केल र इजिप्टका राष्ट्रपति अब्देल फताह शिशिबीच फोन वार्ता भएको इजिप्टको राष्ट्रपतिको कार्यालयले जनाएको छ । शुक्रबार जर्मन चान्स्लर मार्केलले इजिप्टका राष्ट्रपति शिशिलाई टेलिफोन गर्नुभएको उक्त कार्यालयले जनाएको छ । त्यस वार्ताका क्रममा इजिप्टका राष्ट्रपतिसमक्ष जर्मन चान्स्लरले लिबियाको संकटको बारेमा राजनीतिक समाधान खोज्नुपर्ने धारणा राख्नुभएको थियो । इजिप्टका राष्ट्रपति शिशिका प्रवक्ता बसाम रेडीले यस विषयमा लिबियासँग वार्ता गरी राजनीतिक समाधानका लागि तयार पार्नुपर्ने धारणा जर्मन चान्स्लर मार्केलले राख्नुभएको जानकारी दिनुभएको छ । लिबियामा हाल हिंसात्मक आक्रमणहरु हुने गरेका छन् । यहाँ आतंकवादी हमलाहरु पनि हुने गरेको अधिकारीहरुले जनाएका छन् । यहाँको अवस्थालाई शान्तिपूर्ण रुपमा र राजनीतिक वार्ताको माध्यमबाट टुंग्याउनुपर्नेमा जर्मनीको जोड रही आएको छ ।

जर्मन चान्स्लर मार्केलको धारणापछि इजिप्टका राष्ट्रपति शिशिले पनि लिबियामा राजनीतिक समाधानका लागि इजिप्टले सहयोग गर्ने बताउनुभएको थियो । इजिप्टका राष्ट्रपति शिशिले लिबियामा जारी रहेको आतङ्कवादी क्रियाकलापहरु रोकेर शान्ति स्थापना गर्ने र राजनीतिक सहमतिका आधारमा अघि बढ्नसक्ने वातावरण बनाउनुपर्ने बताउनुभएको थियो । जर्मनीले लिबियामा हिंसा मच्चाइरहेका विभिन्न विद्रोही समूह र यहाँको सरकारबीच वार्ता गराई यसका माध्यमबाट संकट समाधान गर्ने पक्षमा काम गरिरहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology