• Saturday 25th of July 2026

बम आक्रमणमा परी छको मृत्यु, तीस घाइते


  • गोकर्णेश्वर अनलाइन

३० कात्तिक (रासस÷सिन्ह्वा) : इराकको राजधानी बग्दादनजिकै शुक्रबार भएको बम विस्फोटको घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० जना घाइते भएका गृह मन्त्रालय स्रोतले जनाएको छ । कारले छेकिनेगरी राखिएको बम विस्फोटन भएको बताइएको छ । भिडभाडबीच शुक्रबार अबेर राती बम विस्फोट भएको हो । प्रदर्शनकारीहरुको मुख्य केन्द्र मानिने तार्हिर स्क्वायरनजिकै घटना भएको हो । ठूलो संख्यामा रहेका प्रदर्शनकारीलाई लक्षित गरी बम विस्फोटन गराइएको हुन सक्ने अनुमान गरिएको छ । तार्हिर स्क्वायरमा लामो समयदेखि प्रदर्शन हुदै आएको छ । उनीहरुले देशको शासन व्यवस्थामा पुनर्संरचना हुनु पर्ने, भ्रष्टाचार न्युनिकरण गर्नु पर्ने, उत्तरदायी हुनु पर्ने, सार्वजनिक सेवामा सुधार हुनु पर्ने, रोजगारी सृजना गरी बेरोजगारी हटाउनु पर्ने लगायतका माग राख्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology