• Saturday 25th of July 2026

नामिबियामा राष्ट्रपतिका लागि पहिलो महिला उम्मेदवार


  • गोकर्णेश्वर अनलाइन

९ मङ्सिर (रासस÷एएफपी) : नामिबियामा राष्ट्रपतिका लागि पहिलो पटक महिला उम्मेदवार चुनावी मैदानमा उत्रिनु भएको छ । राष्ट्रपति चयनका लागि आगामी बुधबार मतदान हुन लागेको छ । निर्वाचनका लागि कुल ११ जना उम्मेदवार रहेका छन् । ती मध्ये चार जनालाई मुख्य प्रतिश्पर्धी मानिएको छ । मुख्य प्रतिश्पर्धी मध्ये एक जना महिला पनि हुनुहुन्छ । प्राज्ञिक तथा सामाजिक क्षेत्रमा लामो समय काम गर्नुभएकी ५७ वर्षीया इस्थेर मुइनजाङगे देशको राष्ट्रपतिका लागि पहिलो महिला उम्मेदवार हुनुभएको हो । नामिबियामा यसअघिसम्म कोही पनि महिला राष्ट्रपतिका लागि उम्मेदवार समेत हुन नपाएको अधिकारीहरुले जनाएका छन् ।

उहाँ स्थानीय हेरेरो जातीय समूहकी महिला हुनुुहुन्छ । उहाँसँगै उहाँको समुदायले जातिय स्वतन्त्रता र उत्थानका लागि ठूलो संघर्ष गर्नुभएको थियो । उहाँ ‘नेसनल युनिटी डेमोक्र्याटीक अर्गनाइजेसन (एनयुडीओ) ’पार्टीको तर्फबाट गत मार्चमै उम्मेदवारका लागि छनौट हुनुभएको हो । सो पार्टी पनि महिलाले नेतृत्व गरेको नामिबियाको पहिलो पार्टी भएको स्थानीय संचार माध्यमहरुले लेखेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology