• Saturday 25th of July 2026

हिंसाका कारण कङ्गोमा आठको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

९ मङ्सिर (रासस÷एएफपी) : लोकतान्त्रिक गणतन्त्र कङ्गोमा भएको पछिल्लो हिंसात्मक घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । देशको बेनी सहरमा लडाकूहरुले आक्रमण गरेपछि भएको हिंसामा परी उनीहरुको मृत्यु भएको जनाइएको छ । सेनाका प्रवक्ता कर्नेल माक हजुकाइले युगाण्डासँगको सीमा क्षेत्रमा घटना भएको र उनीहरुको मृत्यु भएको पुष्टि गर्नु भएको छ । हिंसात्मक घटनाका क्रममा टाउन हल र केही भौतिक संरचनाहरु समेत जलेको अधिकारीहरुले जनाएका छन् ।लडाकूहरुको समूह एलाइड डेमोक्र्याटिक फोर्स (एडीएफ) ले संयुक्त राष्ट्रसंघका शान्ति सेना र स्थानीय सुरक्षाकर्मीहरुका विरुद्धमा जुलुश निकालेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology