• Saturday 25th of July 2026

अमेरिकामा पेट्रोलियमको आयात, निर्यात बढ्यो


  • गोकर्णेश्वर अनलाइन

ह्यूस्टन, १२ मङ्सिर (रासस/सिन्ह्वा) – अमेरिकी ऊर्जा सूचना केन्द्रले गत साता अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै वृद्धि भएको जनाएको छ । केन्द्रका अनुसार गत साता औसतमा प्रतिदिन ६१ लाख ९० हजार ब्यारेल तेल आयात भएको थियो । यो अघिल्लो साताको तुलनामा प्रतिदिन २ लाख १७ हजार ब्यारेल बढी हो । साप्ताहिक पेट्रोलियम स्थिति प्रतिवेदनका अनुसार गत साता दैनिक सरदर ३४ लाख ८० हजार ब्यारेल तेल निर्यात भएको थियो । यो अघिल्लो साताको तुलनामा दैनिक करिब ४ लाख ५३ हजार ब्यारेल बढी हो । अमेरिकामा विगत चार हप्तामा कच्चा तेलको आयात प्रतिदिन औसत करिब ६० लाख रहेको देखिएको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ लाख ८० हजार ब्यारेलले कम हो । निर्याततर्फ भने २८ लाख ८० हजार ब्यारेल प्रतिदिन रहेको छ जुन अघिल्लो वर्षको तुलनामा प्रतिदिन करिब ६ लाख ६१ हजारले बृद्धि भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology