• Saturday 25th of July 2026

इराकमा सरकार विरोधी प्रदर्शन, आठ प्रदर्शनकारीको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

नसिरिया, इराक, १२ मङ्सिर (रासस/एएफपी) : इराकमा बिहीबार जारी प्रदर्शनको क्रममा भएको झडपमा परी कम्तीमा आठ प्रदर्शनकारीको मृत्यु भएको चिकित्सक स्रोतले जानकारी दिएको छ । इरानमा गएका केही दिन यतादेखि विपक्षीहरुले विरोध प्रदर्शन जारी राखेका छन् । उनीहरुले सरकारले करिब दुई हप्ताअघि पेट्रोलको मूल्यवृद्धिको घोषणा गरेपछि त्यसकोे विरोधमा प्रदर्शन शुरु गरेका हुन् । त्यस विरोध प्रदर्शनका क्रममा कैयौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विरोध प्रदर्शनको क्रममा केही प्रदर्शनकारीको मृत्यु भएको छ भने अरु केही पक्राउ परेका छन् । यसैबीच, इरानले पेट्रोलियम पदार्थमा पनि मूल्य बृद्धि गरेको छ । इरानी राष्ट्रपति हसन रौहानीले इरानका बहुसङ्ख्यक जनता आर्थिक दबाबमा रहेको जनाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सङ्कलन हुने रकम जनतालाई नै वितरण गरिने जानकारी दिनुभएको थियो । इरान सरकारले गतवर्षको डिसेम्बरमा नै पेट्रोलमा मूल्यवृद्धि गर्ने जनाएको थियो । तर पनि यस निर्णयको यहाँका सर्वसाधारणले विरोध गरेका कारण संसद्ले उक्त प्रस्तावलाई अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology