• Saturday 25th of July 2026

मतगणनाको विवादपछि काबुलमा प्रदर्शन


  • गोकर्णेश्वर अनलाइन

काबुल, १३ मङ्सिर (रासस/एपी) – अफगानिस्तानको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै राष्ट्रपतिका प्रबल दाबेदार अब्दुल्ला अब्दुल्लाको नेतृत्वमा राजधानी काबुलमा प्रदर्शन गरिएको छ । चुनावको अन्तिम परिणाम घोषणा गर्नुको साटो पुनः मतगणना गर्न थालिएपछि अब्दुल्लाले विरोध जनाउनुभएको हो । राजधानी काबुलमा शुक्रबार अब्दुल्लाका हजारौं समर्थकले जुलुस निकालेका थिए । अब्दुल्लाले वर्तमान राष्ट्रपति अश्रफ घानीलाई मद्दत गर्ने गरी पुनः मतगणना गर्न थालिएको आरोप लगाउनुभएको छ । गत सेप्टेम्बर २८ मा अफगानिस्तानमा विवादास्पद राष्ट्रपतीय निर्वाचन भएको थियो जसलाई अफगानिस्तानका प्रमुख विद्रोही समूहहरु तालिबान र इस्लामिक स्टेटले बहिस्कार गरेका थिए ।

अफगानिस्तानको संविधान अनुसार कुनै उम्मेदवार ५० प्रतिशत मत प्राप्त गर्न नसकेमा दोस्रो चरणको चुनाव हुनेछ । घानी र अब्दुल्लाले विगतमा सहमतिका आधारमा संयुक्त सरकारको नेतृत्व गर्नुभएको थियो । यसअघि सन् २०१४ को राष्ट्रपतीय निर्वाचनमा दुबै नेताले आफू विजयी भएको दाबी गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology