• Saturday 25th of July 2026

भारतीय जलसेनामा पहिलो महिला पाइलट


  • गोकर्णेश्वर अनलाइन

कोची, १६ मङ्सिर (रासस/एएनआई) – भारतीय जलसेनाको उपसेनानी पदमा कार्यरत महिला शिभाङ्गी भारतीय जलसेनामा पहिलो पाइलट बन्नुभएको छ । शिभाङ्गीको जन्म भारतको बिहार राज्यको मुजफरपुर नगरमा भएको थियो । उहाँ गत वर्ष भारतीय जलसेनामा भर्ना हुनुभएको थियो । शिभाङ्गीले सोमबार बिहानदेखि कोचीस्थित जलसैन्य अखडाबाट हवाई उडान शुरु गरेर नयाँ जिम्मेवारी थाल्नुभएको छ । उहाँले भारतीय जलसेनाको डोर्नियर सर्भेलान्स (निरीक्षण) हवाई जहाज उडाउनु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology