• Friday 24th of July 2026

संविधानले दिएको प्रेस स्वतन्त्रता अधिकार कसैले हनन गर्न सक्दैनः सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना


  • गोकर्णेश्वर अनलाइन

सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले संविधानले दिएको प्रेस स्वतन्त्रता अधिकार कसैले हनन गर्न नसक्ने बताउनुभएको छ । उहाले राज्यको अंगको रुपमा स्वीकारेको सञ्चार क्षेत्रले आफ्नो ओज र गरिमालाई कायम गर्ने गरी कार्य गर्दा सरकारले चाहेर पनि केही गर्न नसक्ने उहाले बताउनुभयो ।

प्रेस स्वतन्त्रतासंगै जवाफदेहीको प्रश्न पनि भूल्न नहुने उहाको भनाइ छ । उहाले प्रेस काउन्सिलको क्षमता अभिवृद्धि गरी प्रभावकारी र सशक्त बनाई नेपालको मिडिया क्षेत्रलाई स्वच्छ जवाफदेही गौरव गर्न सकिने क्षेत्रको रुपमा विकास गर्न सरकार प्रयत्नशील रहेको धारणा राख्नुभयो ।

त्यस्तै उहाले नेपालको दुर्गम र बढी व्यवसायीक कारोबार हुने क्षेत्रसम्म टेलिफोन र इन्टरनेट सेवाको गुणस्तरीय पहुँच बढाउने काम सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।

उहाले मौलिक पहिचान दिलाउने गरी निर्माण गरिने चलचित्रलाई प्रोत्साहन अनुदान दिने, डिजिटल नेपालको लक्ष्यलाई व्यहारमा उतार्ने कार्ययोजनाका साथ सरकार अघि बढेको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology