• Tuesday 29th of September 2026

वर्षाका कारण गिरी भञ्ज्याङ्को पहिरोले गोकर्णेश्वर २ को वस्तीनै जोखिममा


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ मा परेको अविरल वर्षाका कारण १२ असोजको राती १ बजे गाएको पहिरोले गिरी भञ्ज्याङ्को सडक बगाएको छ । पहिरोले बाटो बगाएपछि गिरी भञ्ज्याङ्नै जोखिममा परेको छ ।

सो बाटो बन्द हुँदा गोकर्णेश्वर २ को २०० घरको आवत जावत प्रभावित हुने गोनपा २ का वडा सदस्य सुनिल गिरीले गोकर्णेश्वर अनलाइनलाई बताए । तत्काल नगरपालिकाले मर्मत नगरे आवत जावत प्रभावित हुने र सयौं विद्यार्थीको स्कुल जाने बाटो बन्द हुने स्थानिय विनोद गिरीले बताउनु भयो ।

बाटो तत्काल मर्मत नगर्दा पानी पर्दा छेउ छाउका घरनै बगाउने जोखिम भएकाले तत्काल नगरपालिकाले ठोस कदम चाल्नुपर्ने देखिन्छ ।

वडा अध्यक्ष मधु तामाङले स्थलगत निरीक्षण गरेर आवश्यक पहल थाल्ने गोकर्णेश्वर अनलाइनलाई बताएका छन् । यश अघि पहिरो गएर नगरपालिकाले बाँस गाडेर केही समय सो स्थानलाई जोगाएता पनि लगातारको वर्षाले बाटो बगाएको हो ।

बाटोले मानवीय क्षती नभएतापनी काट्न तयार हुँदै गरेको धान खेतलाई समेत पुरेको छ । बाटो बन्द भएपछि बालबालिका तथा महिलाहरुलाई जोखिम रहेको स्थानिय राजन ढुंगानाले बताउनु भयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology