सुदर्शन बजगाई,आशाका किरण समाचार । एल.के ट्रस्टले काठमाडौंको तारेभिरमा विशाल कार्तिकेयको मुर्ती बनाउने भएको छ ।
धर्मिक पर्यटनलाई प्रवर्द्धन गर्न र विश्वभरका हिन्दु धार्मिक पर्यटकलाई आकर्षित गर्न सो मुर्ती स्थापना गर्न लागिएको एल.के ट्रस्टका अध्यक्ष सुदर्शन थापाले बताए ।
ट्रस्टका संरक्षक मलेशियन नागरिक मनिमरण सुपियाले आज सुन्ताखानमा पत्रकार सम्मेलन आयोजना गर्दै सो को जानकारी गराएका हुन् ।
संसरभरबाट जुनसुकै धर्मका ब्यक्तीबाट रु १ अमेरिकी डलर सहयोग उठाएर मुर्ती बनाईने ट्रस्टले जानकारी दिएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ मा बन्न लागेको मुर्ति स्थापनापछी स्थानिय लाभान्वित हुने र यसले तारेभिर क्षेत्रलाई एउटा नयाँ पर्यटनको गन्तव्यको रुपमा परिचित गराउने ट्रस्टका अध्यक्ष सुदर्शन थापाले बताउनु भयो ।
परियोजनाको अन्य जानकारी आगामी पत्रकार सम्मेलन मार्फत दिईने संस्थाले जनाएको छ ।
