• Saturday 25th of July 2026

बगरमा गैँडाको खाग


  • गोकर्णेश्वर अनलाइन

चितवन राष्ट्रिय निकुञ्जको दिव्यपुरी इलाकामा आज बिहान बेवारीसे अवस्थामा एकसिङ्गे गैँडाको खाग फेला परेको छ । नवलपरासीको रजहरको दक्षिणतर्फ खोलाबगरमा खाग फेला परेको हो । निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत वेदबहादुर खड्काले खाग फेला परेको जनाउँदै त्यस विषयमा अनुसन्धान थालिएको बताउनुभयो । सो क्षेत्रमा हात्तीसहितको टोलीले अनुगमन गरिरहेको खड्काले जानकारी दिनुभयो । दुई साताअघि एउटा गैँडाको खाग झरेको अवस्थामा सोही क्षेत्रमा देखिएको बताउँदै उहाँले त्यही गैँडाको खाग हुनसक्ने अनुमान गरिएको बताउनुभयो । बिहान १० बजे खाग भेटिएको जानकारी निकुञ्ज प्रशासनले पाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology