• Saturday 25th of July 2026

पोल्याण्डमा ग्यास विस्फोट, चारको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

वार्सा, १९ मङ्सिर (रासस / एएफपी) – पोल्याण्डको दक्षिणी भागमा पर्ने एक रिसोर्टमा बुधबार मध्याह्न भएकोे ग्यास विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको छ । सो विस्फोटका कारण एउटा घर भत्किएपछि चार जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका स्थानीय प्रहरीले जनाएको छ । यस विस्फोटपछि करिब १ सय अग्निनियन्त्रकहरु बिहीबार बिहान भत्किएको सो घरको भग्नावशेषमा खोजी एवं उद्धारका लागि परिचालन गरिएका थिए । विस्फोट भएको यस घरमा आठ व्यक्ति घरभित्रै पुरिएको अनुमान छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology