• Saturday 25th of July 2026

सुन तोलामा ३०० ले घट्यो


  • गोकर्णेश्वर अनलाइन

पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट भइरहेको छ । बुधबार र बिहीबार लगातार ओरालो लागेको सुनको मूल्य साताको अन्तिम दिन आज पनि प्रतितोला रु ३०० ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार ७०० तोकेको छ । बिहीबार छापावाला सुन प्रतितोला रु ७२ हजारमा खरिदबिक्री भएको थियो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ४०० निर्धारण गरिएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रु ७१ हजार ७०० मा कारोबार भएको थियो । सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने यथावत् रहेको छ । शुक्रबार चाँदी प्रतितोला रु ८५० मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology