• Saturday 25th of July 2026

अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा चार जनाको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

२० मङ्सिर (रासस÷सिन्ह्वा) : अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा परी दुई जना सर्वसाधारण नागरिक र अरु दुई जना संदिग्ध व्यक्तिको ज्यान गएको छ । समाचारमा जनाइएअनुसार बिहीबार सो गोलीकाण्ड भएको थियो । फ्लोरिडाको मियामीस्थित एक गहना पसलमा केही बन्दुकधारीले आक्रमण गरी गहना लुट्ने प्रयास गरेका थिए । त्यस क्रममा ती बन्दुकधारीले हानेको गोली लागेर त्यहाँ काम गर्ने एकजना कर्मचारी मारिएका छन् । त्यस लगत्तै उनीहरुले अपहरण गरी लगेका सोही पसलका सवारीचालक एकजनाको पनि ज्यान गएको बताइएको छ । प्रहरीले हानेको गोली लागेर गहन पसल लुट्न आएका दुई जना बन्दुकधारी मारिएका बताइएको छ ।

केही सामान लुटेका उनीहरुले उक्त पसलकै सवारी साधनलाई नियन्त्रणमा लिएका थिए र सवारी चालकलाई समेत नियन्त्रणमा लिएर उक्त गाडी आफूले चाहेको स्थानतर्फ लैजान बल गरेका थिए । यसरी भाग्ने क्रममा देखेर प्रहरीले गोली चलाएको थियो । गोली लागेर दुई जना बन्दुकधारीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । यस गोलीकाण्डको बारेमा यहाँको प्रहरीले अनुसन्धान थालेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology