• Saturday 25th of July 2026

चीनमा मानवअधिकारको अवस्थामा ऐतिहासिक सुधार– विदेशमन्त्री वाङ


  • गोकर्णेश्वर अनलाइन

ब्रसेल्स, १ पुस (रासस÷सिन्ह्वा) : चिनियाँ विदेशमन्त्री वाङ यीले चीनमा मानवअधिकारको अवस्थामा ऐतिहासिक रुपमा सुधार भएको बताउनुभएको छ । सोमबार बेल्जियमको राजधानी ब्रसेल्समा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– चीनमा मानवअधिकारको अवस्थामा व्यापक सुधार भएको छ, यो ऐतिहासिक रुपमा सुधार हो । युरोपियन नीति केन्द्रद्धारा सोमबार ब्रसेल्समा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै विदेशमन्त्री वाङ यीले मानवअधिकारको अवस्थामा गुणात्मक रुपमा नै सुधार आएको धारणा राख्नुभएको हो । आधुनिक चीनको स्थापनाको भएपछिको इतिहासलाई नै हेर्दा हाल आएर यहाँको मानवअधिकारको अवस्थामा ऐतिहासिक रुपमा सुधार आएको धारणा उहाँले राख्नुभएको थियो । उहाँले भन्नुभएको थियो– हामीले करिब ८५ करोड नागरिकलाई गरिबीको रेखाबाट बाहिर निकालेका छौँ र मलाई लाग्छ यो गरिबी निवारणको विश्वकै तथ्याङ्कमा कम्तीमा पनि ७० प्रतिशत योगदान हो ।

उहाँले चीनले आफ्ना करिब ७७ करोड नागरिकलाई रोजगारी दएको तथा २५ करोड ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाएको तथा अरु पनि सबै नागरिकलाई उनीहरुको आधारभूत आवश्यकताहरुको पूर्ति गरेको जानकारी पनि सो कार्यक्रममा दिनुभयो । उहाँले चीनमा अहिले करिब ८५ करोड नागरिक इन्टरनेटका प्रयोगकर्ता रहेको जानकारी दनुभयो । त्यसैगरी करिब एक अर्ब चिनियाँ नागरिकले नयाँ मिडियाको प्रयोग गरिरहेको जानकारी दिनुभयो । उहाँले चीनको संविधानले प्रत्याभूत गरेको नागरिकको विचार तथा अभिव्यक्तिको स्वतन्त्रताको उपभोग गरिरहेको धारणा पनि सो अवसरमा राख्नुभयो । पिउ रिसर्च सेन्टरले हालैमात्र गरेको एक सर्वेक्षणमा चिनियाँ नागरिक सरकारका कामकारबाहीप्रति अधिकांश सन्तुष्ट रहेको बताएका जानकारी गराउनुभयो । पिउ रिसर्च सेन्टरले गरेको एक सर्वेक्षणअनुसार करिब ८६ प्रतिशत चिनियाँ नागरिक सरकारका काम कारबाहीहरुप्रति सन्तुष्ट रहेको बताएका थिए । विश्वव्यापी रुपमा गरिने यस खालको मापनमा विश्वका बढीमा ४७ प्रतिशत मात्र नागरिक आफ्ना सरकारका काम कारबाहीप्रति सन्तुष्ट हुने गरेकोमा चिनियाँ नागरिकको यो सन्तुष्टिको तह भने धेरै माथि हो ।

स्थायित्वका लागि आग्रह यसैगरी प्राप्त अर्को एक समाचारअनुसार चिनियाँ विदेशमन्त्री वाङ यीले विश्वमा स्थायित्वका लागि युरोपेली युनियन र चीनले मिलेर काम गर्नुपर्ने बताउनुएको छ । बेल्जियमको राजधानी ब्रसेल्समा युरोपियन नीति केन्द्रद्धारा सोमबार ब्रसेल्समा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– खुल्ला विश्वमा स्थायित्वका लागि संयुक्त प्रयास गर्नु जरुरी छ । आर्थिक तथा अन्य क्षेत्रहरुमा पनि विश्वमा कैयौँ अस्थिरताहरु देखिएकोले खुला विश्वको स्थायित्वका लागि संयुक्त प्रयास जरुरी छ । आगामी दिनमा विश्वमा आर्थिक एवम् अन्य स्थायित्वका लागि रणनीतिक रुपमा चीन र युरोपेली युनियनले संयुक्त रुपमा प्रयास गर्नुपर्दछ उहाँले भन्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology