• Saturday 25th of July 2026

घट्यो नेप्से


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक सामान्यरुपमा ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.४२ विन्दुले ओरालो लागेर एक हजार १४९.६४ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.६३ विन्दुले घटेर २५१.८४ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम भने रु ४० करोड माथि रहेको छ । कूल १४१ कम्पनीको कूल १२ लाख ८९ हजार १३४ कित्ता शेयर रु ४१ करोड ९० लाख ८८ हजार १३३ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज ६ उपसमूहको शेयर ओरालो लागेको छ भने ६ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ १.९४, विकास बैंक ७.५४, निर्जीवन बीमा ३६.२२, अन्य ५.०२, लघुवित्त ५.०७ र जीवन बीमा ४२ विन्दुले आरोलो लागेको छ । यस्तै व्यापार ५.७७, होटल १५.१९, जलविद्युत् १.६८, वित्त ५.१, उत्पादन ३९.८६ र सामूहिक लगानी कोष ०.०५ विन्दुले बढेका छन् ।

नेप्सेका अनुसार एनएमबी बैंक कारोवारका आधारमा शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १२ करोड ३१ लाख ९३ हजार २७१ कारोबार भई शीर्ष स्थानमा रहे । यस्तै, प्राइम बैंक रु तीन करोड आठ लाख ६१ हजार ४९४, नेपाल बैंक लिमिटेड रु एक करोड ८७ लाख ६७ हजार ९५४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ७६ लाख ७७ हजार र शिवम् सिमेन्ट रु एक करोड २३ लाख ४४ हजार १६५ मूल्यमा खरीद बिक्री भई भई शीर्ष स्थानमा रह्यो । नेप्सेका अनुसार नेपाल फाइनान्सका लगानीकर्ताले ९.४० प्रतिशतले कमाउँदा शिवम् सिमेन्ट ६.७६, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ५.८७, विशाल बजार कम्पनी ५.६९ र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरधनीले ४.०२ प्रतिशतले कमाए । त्यस्तै दिव्यश्वरी हाइड्रोपावर ६.७७, अरुण काबेली ४, नेशनल माइक्रोफाइनान्स ३.७१, तारागाउँ रिजेन्सी होटल ३.६४ र सिन्धु विकास बैंकका लगानीकर्ताले ३.६२ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology