५ पुस (रासस÷एएनआई) : बेलायतका राजकुमार ह्यारी र उहाँकी श्रीमती मेगन मार्केलले यस बर्षको क्रिसमस पर्व क्यानाडामा मनाउने हुनुभएको छ । क्रिश्चियन धर्मावलम्बीहरुको सवैभन्दा ठूलो पर्व मानिने क्रिसमसको अवसरमा पर्व विदा लिएर उहाँहरु क्यानडा जान लाग्नु भएको हो । सुरक्षाको कारण र निजी भ्रमण भएकाले उहाँहरुको भ्रमणका बारेमा विस्तृत विवरण भने सार्वजनिक नगरिएको दरबार श्रोतले जनाएको छ । उनीहरुले यसलाई “गोपनीयताको सम्मान”का रुपमा पनि व्याख्या गरेका छन् । उहाँहरु यसअघि पनि बेला बेलामा क्यानाडा जाने गर्नुभएको र त्यसैको निरन्तरता स्वरुप यो भ्रमण हुन लागेको बताइएको छ ।
