• Saturday 25th of July 2026

समोआमा दादुराबाट ८१ जनाको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

१० पुस (रासस÷सिन्ह्वा) : समोआ सरकारले बिहीबार टापुहरुले भरिएको यस देशमा दादुराको महामारीबाट ८१ को मृत्यु भएको पुष्टि गरेको छ । मध्य अक्टोबरबाट सुरु भएको यस दादुरा प्रकोपबाट हालसम्म ८१ जनाको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको हो । समोआमा सो रोग निगरानी टोलीकाअनुसार एक पाँच वर्षीया बालिकाको मृत्यु भएपछि सो सङ्ख्या ८१ पुगेको सरकारले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यस प्रकोपबाट ५ हजार २१७ व्यक्ति सङ्क्रमित भएका छन् । गएको २४ घण्टाभित्र नौ जनामा दादुराको सङ्क्रमण भएको जनाइएको छ । सङ्क्रमित ४३ अस्पतालमा भर्ना भएका छन् । ती मध्ये १० जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । केही समययता समोआमा सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ । दादुरा असाध्यै सङ्क्रामक भाइरल रोग हो । बुधवारसम्म समोआमा लगभग ९५ प्रतिशत दादुराको खोप लगाइएको सरकारी स्रोतले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology