• Saturday 25th of July 2026

क्रिसमस मनाउने क्रममा तेह्रको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

१० पुस (रासस÷सिन्ह्वा) : क्रिसमस मनाउने क्रममा हन्डुरसमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार भएका विभिन्न घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु भएका मध्ये अधिकांशको मृत्यु सडक दुर्घटनामा परी भएको पाइएको छ । सडक तथा यातायात राष्ट्रिय निर्देशनालयका उप निरिक्षक जोस कार्लोस लागोसले सडक दुर्घटनामा परी आठ जनाको मृत्यु भएको पत्रकारहरुलाई जानकारी दिनुभयो । दुर्घटनाहरु कोमायागुय, बाय आइल्याण्ड र सान्त बार्बारामा दुर्घटना भएको उहाँले बताउनु भयो । सो अवधिमा गलत क्रियाकलाप गर्ने २ सय ७५ जनालाई पक्राउ गरिएको र ४० ओटा सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology