• Saturday 25th of July 2026


  • गोकर्णेश्वर अनलाइन

२३ पुस (रासस ÷सिन्ह्वा) : अफगानिस्तानमा मङ्गलबार बिहानबाट तालिबान लडाकूविरुद्ध जारी सुरक्षा कारबाहीको क्रममा १६ जना मारिएका छन् । गत २४ घण्टाभित्र अफगानिस्तानको पाँच ओटा प्रान्तमा जारी सो कारबाहीको क्रममा १६ जना लडाकू मारिनुको साथै अन्य छ घाइते भएका अफगान गृह मन्त्रालयले बुधबार जानकारी दिएको छ । अफगानिस्तानको हेलमान्ड, कान्दाहार, हेरात, फर्याब प्रान्तमा तालिबानी लडाकूलक्षित हवाई हमलालगायतको कारबाहीमा कम्तीमा १६ लडाकू मारिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology