• Saturday 25th of July 2026

जापानी प्रधानमन्त्री आबेको मध्यपूर्वको भ्रमण रद्द


  • गोकर्णेश्वर अनलाइन

२४ पुस (रासस÷सिन्ह्वा) : जापानका प्रधानमन्त्री सिन्जो आबेले मध्यपूर्वको भ्रमण गर्ने योजना रद्द गर्नुभएको छ । उहाँले आगामी आइतबारदेखि भ्रमण गर्ने योजना बनाएको भएपनि अहिले आएर रद्द गर्नुभएको सरकारी श्रोतले जनाएको छ । उहाँले साउदी अरब, युएई., ओमनलगायतका देशको भ्रमण गर्ने योजना बनाउनु भएको उहाँका प्रवक्ताले केही दिन अगाडी जानकारी दिएका थिए । अमेरिका र इरानकाबीचको तनाव उत्कर्षमा पुगेकाले त्यसलाई न्युनिकरणका लागि सहयोग गर्ने उद्धेश्यले मध्यपूर्वको भ्रमण गर्न लागेको उहाँले बताउनु भएको थियो । जापानी प्रधानमन्त्री आबेले मध्यपूर्वमा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै संयमता अपनाउन सवै पक्षलाई आग्रह गर्दै तनाव न्युनिकरणका लागि प्रयास गरिरहेको जानकारी दिनुभएको थियो । उहाँले भन्नुभएको थियो, “त्यस क्षेत्रमा शान्ति स्थापनाका लागि र स्थायित्वका लागि मैले कुटनीतिक पहलमार्फत् केही योगदान दिन सक्छु भन्ने मैले विश्वास लिएको छु ।” इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा इरानले क्षेप्यास्त्र प्रहार गरेपछि आबेले भ्रमण रद्ध गर्ने निर्णय गर्नुभएको अधिकारीहरुले जनाएका छन् ।

इराकमा रहेको आफ्नो सैन्य आधार शिविर तथा गठबन्धन सुरक्षा फौजमाथी इरानी पक्षले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले दाबी गरेको छ । पश्चिमी बग्दादस्थित एरबि गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्र प्रहार गरिएको इरानको सरकारी टेलिभिजनले जनाएको छ । इराकको राजधानी बग्दादस्थित विमानस्थलनजिकै गत शुक्रबार इरानी सैन्य कमाण्डर सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव उत्कर्षमा पुगेको छ । इरानले उक्त हत्याको बदला लिने बताउँदै आएको छ भने अमेरिकाले पनि इरानले ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी दिएको छ । दुवै पक्षले एक अर्कालाई कडा चुनौती दिएपछि थप नराम्रो अवस्था सृजना हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology