• Monday 27th of July 2026

सार्वजनिक शौचालय निर्माण हुने


  • गोकर्णेश्वर अनलाइन

विराटनगर महानगरपालिकाभित्र सार्वजनिक शौचालयको अभाव हुन थालेपछि २० वटा शौचालय निर्माण गरिने योजना अघि सारिएको छ । दिनप्रतिदिन मानिसहरुको चाप बढ्न थालेपछि सार्वजनिक शौचालयको अभाव देखिएको विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिनुभयो । उहाँले एउटा शौचालय निर्माण गर्न रु १५ लाखदेखि २० लाखसम्म खर्च हुने र अहिले महानगरपालिकाले शौचालयका लागि रु ७५ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । सार्वजनिक शौचालय निर्माण गर्दा लाग्ने खर्च अपुग हुने देखिएकाले अन्य सङ्घसंस्थासँग साझेदारी गरेर भए पनि सम्भवतः चालू आर्थिक वर्षमै निर्माण गरिने प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology