• Sunday 19th of January 2020

सुन प्रतितोला ४०० ले बढ्यो


  • गोकर्णेश्वर अनलाइन
  • आइत, पुस २७, २०७६

निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ४०० ले वृद्धि भएको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ७०० तोकेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु ९०० ले घटेको थियो । शुक्रबार छापावाला सुन प्रतितोला रु ७४ हजार ६०० र तेजाबी सुन प्रतितोला रु ७४ हजार ३०० मा खरिदबिक्री भएको थियो । पहेँलो धातुको मूल्य बढेसँगै चाँदीको मूल्य पनि प्रतितोला रु पाँचले वृद्धि भएको छ । महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला रु ८९० तोकेको छ । पछिल्लो समय विकसित इरान–अमेरिका तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण विश्व बजारमा सुनको मूल्यमा उतारचढाव देखिँदै आएको छ ।

प्रतिक्रिया

© 2020 Gokarneshwor Online All right reserved to Gokarneshworonline.com  | Site By : SobizTrend Technology