• Saturday 25th of July 2026

नेप्सेको उकालो यात्रा कामयै, दोहोरो अङ्कको वृद्धि


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । आइतबार उच्च अङ्कले वृद्धि भएको बजारले आज पनि सोही लय पछ्याएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १५.१४ विन्दुले बढेर एक हजार २७०.८६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५५ ले बढेर २७६.२८ मा पुगेको छ । नेप्सेको उकालो यात्रासँगै कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ । कूल १८३ कम्पनीका ५५ लाख १८ हजार ६३६ कित्ता शेयर रु एक अर्ब ७० करोड ५० लाख ६० हजार ६६४ बराबर कारोबार भयो । नेप्से र कारोबार रकममा देखिएको वृद्धि सँगै बजार पूँजीकरणमा समेत सुधार देखिएको छ । नेप्सेका अनुसार आजको बजार पूँजीकरण रु १६ खर्ब २० अर्ब बराबरको रहेको छ । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज दुई उपसमूहका शेयर ओरालो लागेका छन् भने दश उपसमूहका शेयर भने बढेका छन् । उत्पादन २.०६ र लघुवित्त १३.८९ ले घटेको छ । यस्तै, बैंकिङ १४.८१, व्यापार २५.१२, होटल १२.५९, विकास बैंक १२.५३, जलविद्युत् ४८.७, वित्त १०.८८, निर्जीवन बीमा ३९.०१, अन्य ६.९९, जीवन बीमा ५२.०७ र सामूहिक लगानी कोषको ०.०४ विन्दुले बढेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको रु छ करोड चार लाख ५५ हजार ७०६ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु पाँच करोड ९७ लाख १४ हजार १३०, एनआइसि एशिया रु पाँच करोड ५७ लाख ५९ हजार ६१७, प्रभु बैंक रु चार करोड ४१ लाख ७५ हजार ८७, एनएमबी बैंक रु चार करोड २३ लाख ३० हजार ३६८ र प्राइम बैंक रु चार करोड १५ लाख ७० हजार ५८९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । कारोबारका आधारमा आज घोडीघोडा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८७ प्रतिशतले कमाउँदा सानिमा माई हाइड्रोपावर ९.८७, चिलिमे जलविद्युत् कम्पनी ८.६७, राधी विद्युत् कम्पनी ८.६७, सेन्ट्रल फाइनान्स ७.६९, गुह्यश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ७.४४ र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ७.३० प्रतिशतले आर्जन गरे । यस्तै सिभिल लघुवित्त वित्तीय संस्था ५.९८, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ५.७०, विजय लघुवित्त वित्तीय संस्था ५.४७, नयाँ नेपाल लघुवित्त विकास बैंक ५.१९, सामुदायिक लघुवित्त वित्तीय संस्था ५.१९, समिट लघुवित्त वित्तीय संस्था ४.९६ र जोशी हाइड्रो पावरका लगानीकर्ताले ४.४१ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology