• Monday 27th of July 2026

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक कैलालीको धनगढी उपमहानगरपालिका–६ मनहेरा का २६ बर्षीय दीलकुमार चौधरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले महाकाली राजमार्गअन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा गएराती से २ त ९०१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । सतबाँझबाट खोचलेकतर्फ गइरहेको ट्याक्टर सडकबाट करिव २५ मिटर तल खसेको आज बिहान थाहा भएको हुँदा दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology