• Monday 27th of July 2026

नगदसहित १६ जुवाडे पक्राउ


  • गोकर्णेश्वर अनलाइन

प्रहरीले गएराति धनगढी उपमहानगरपालिका–३ स्थित एक व्यक्तिको घरबाट नगदसहित १६ जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले प्रहरी टोलीले वडा नं ३ रोस हाउस रेष्टुरेन्ट पछाडि रहेको तिलक अधिकारीको घरमा जुवातास खेलाइराखेको अवस्थामा नगद रु २२ लाख ८२ हजारसहित जुवाडे पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा रवीन्द्र शाही, धिरेन्द्र चन्द, भुवन कुँवर, तिलक अधिकारी, रमेश खड्का, खेमराज भट्ट, जनक दौल्याल, सन्देश तामाङ, मोहन खड्का, अमित गुरु, प्रेमबहादुर सिंह, सूर्य भट्ट, कालुसिंह धामी, चन्द्रमणि अधिकारी, जयसिंह धामी र मङ्गल ठगुन्ना रहेका प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology