• Thursday 9th of April 2020

बुद्ध प्रकाश स्कुलको अभिभावक दिवस भब्य कार्यक्रमकासाथ सम्पन्न


  • गोकर्णेश्वर अनलाइन
  • शनि, फाल्गुन ३, २०७६

सुदर्शन बजगाई,आशाका किरण समाचार । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको बुद्ध प्रकाश माध्यमिक स्कुलले विद्यालयको २८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भब्य कार्यक्रमकासाथ सम्पन्न गरेको छ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालीसे को प्रमुख आतिथ्यतामा र स्कुलका कार्यकारी निर्देशक कुमार पाख्रीनको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय प्रधानाध्यापक एवम् मोटिभेशनल स्पिकर समेत रहेका अशोक कुमार दाहालले स्कुलले हासिल गरेका उपलब्धि र भावी योजना र बुद्ध प्रकाशले सिकाईरहेको सिकाई प्रणालीको बारेमा जानकारी गराउँदै मन्तब्य राखेका थिए । कार्यक्रममा बुद्ध प्रकाश उशुक्वानका उसु खेलाडीले खेल कौशल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यार्थीले विभिन्न नेपाली मौलिक संस्कृति झल्कने खालका नृत्य एवम् गायन कला प्रस्तुत गरेका थिए । स्थापना दिवसको अवसर पारेर  विद्यालयमा ५ वर्ष भन्दा बढी काम गर्ने शिक्षक,शिक्षिका एवम कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा निसानका अध्यक्ष ओम ढकाल, गोकर्णेश्वर प्याब्सनका अध्यक्ष मदन सुवेदी,निसानका महासचिव सौर्य आचार्य,महानगरीय प्रहरी प्रभाग बौद्धका डिएसपी लगाएतको उपस्तिथि रहेको थियो । कार्यक्रमम गोकर्णेश्वर नगरका प्रमुख सन्तोष चालिसेले बुद्ध प्रकाश स्कुलले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा समेत गरे । कार्यक्रमका प्रमुख अतिथीको स्वागत एवम् विदाई पन्चे बाजा बजाएर गरिएको थियो ।

फोटो/भिडियो : रबि कुमार बरुवाल – आशाका किरण मिडिया

यो पनी हेर्नुहोस् :

प्रतिक्रिया
© copyright 2020 and all right reserved to gokerneshwor online Site By : SobizTrend Technology