• Monday 27th of July 2026

महिलामाथि हुने ज्यादतीका घटनामा वृद्धि


  • गोकर्णेश्वर अनलाइन

वाग्मती प्रदेशमा गतवर्ष भन्दा यसवर्ष महिलामाथि हुने मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना वृद्धि भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ११०औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज यसबारे जानकारी दिँदै २०१९ मा अभिलेख गरेका मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वाग्मती प्रदेशमा अघिल्लो वर्षको तुलनामा यो वर्ष महिला अधिकारका घटनामा वृद्धि भएको जनाएको हो । इन्सेकले २०१९ जनवरीदेखि डिसेम्बरसम्म नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलन गरेका घटना सार्वजनिक गर्दै वाग्मती प्रदेशमा सन् २०१९ मा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट एक हजार ४९४ पीडित भएकामा एक हजार १८४ महिला पीडित भएका इन्सेकका प्रदेश संयोजक कृष्ण गौतमले जानकारी दिनुभयो ।

सन् २०१९ को एकवर्षमा वाग्मती प्रदेशका १३ जिल्लामा महिला अधिकारका घटनाबाट ७४७ र बालअधिकार उल्लङ्घनका घटनामा ३७० पीडित भएका छन् । सोमध्ये बलात्कारका ३८६ घटना घटेकामा २५३ बालिका र १३३ महिला पीडित भएका गौतमले जानकारी दिनुभयो । यो वर्ष ६४ महिला र २० बालिका बेचबिखनमा परेका, १६ बालिकाको विवाह भएको, १२ महिलालाई बोक्सीको आरोपमा यातना दिइएको, बलात्कार घटनाबाट १३३ महिला र २५३ बालिका, यौन दुव्र्यबहारबाट १० महिला र ८० बालिका, बहुविवाहमा १२४ महिला, विद्यालयमा शारीरिक यातना एक बालिका र घरेलु हिंसामा ३७४ महिला पीडित भएका संयोजक गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology