• Monday 27th of July 2026

दुई करोड ५० लाख ठगी गर्ने पक्राउ


  • गोकर्णेश्वर अनलाइन

नेपाल प्रहरीले माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न व्यक्तिसँग अफ्रिकी देश माल्टा र कुवेत पठाउँछु भन्दै रु दुई करोड ५० लाख ठगी गर्ने अर्घाखाँचीका ३८ वर्षीय बाबुराम श्रेष्ठलाई शुक्रबार नेपालगञ्जबाट पक्राउ गरी आज काठमाडौँमा सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले राम्रो कमाइ हुने प्रलोभन पारेर माल्टा र कुवेत पठाउने भनी ठगी गर्ने श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिनुभयो । “पक्राउ परेका श्रेष्ठले माल्टाका लागि २६ जनासँग प्रतिव्यक्ति रु १० लाख र कुवेतका लागि ३४ जनासँग प्रतिव्यक्ति छ लाख लाग्छ भनी ठगी गरेको अनुसन्धानमा खुलेको छ”, प्रवक्ता बोगटीले भन्नुभयो ।

श्रेष्ठले माल्टा जानेसँग छ÷छ लाख तथा कुवेत जानेसँग तीन÷तीन लाख उठाइसकेको प्रहरीले जनाएको छ । माल्टामा प्रतिमहिना एक हजार २०० युरो र कुवेतमा प्रतिमहिना दुई हजार २०० दिराम कमाइ हुने आश्वासन श्रेष्ठले पीडितलाई दिएका थिए । प्रहरीले पक्राउ परेका श्रेष्ठसँग विदेश पठाउन प्रयोग गरीने नक्कली कागजात तथा ५६ थान विभिन्न व्यक्तिका राहदानी बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology