• Monday 27th of July 2026

आगलागीबाट रु दुई करोड क्षति


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा भएको आगलागीबाट रु दुई करोड बढीको धनमाल जलेर नष्ट भएको छ । काठमाडौँ, चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवीस्थित बिन्दावासिनी बस्ने मकवानपुर थाहा नगरपालिका–७ का सुरेन्द्र खत्रीको लक्ष्मी कपास उद्योगमा आज बिहान आगलागी भएको थियो । विद्युत् चुहिएर आगलागी हुँदा कपास बनाउने मेशिन तथा तयारी कपाससहितमा झण्डै रु २० लाखको क्षति भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटले जानकारी दिनुभयो । यस्तै काठमाडौँ महानगरपालिका ३२ नरेफाँटमा सिरहा घरभइ हरहरमहादेव बस्ने ३२ वर्षीय दिनेशकुमार ठाकुरको फर्निचर उद्योगमा भएको आगलागीबाट करिब रु ६० लाख बराबरको काठपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

उक्त आगलागीबाट स्थानीय टुकनाथ खनालको घरका झ्याल ढोका, शारदा गौतमको घरको सबै झ्याल ढोका, पार्किङ गरिएको बा ३ ख ६५०७ नम्बरको मोटरसाइकलमा आंशिक क्षति भएको तथा बा २ ज ४८२६ नम्बरको ट्याक्सीको इञ्जिन जलेर नष्ट भएको छ । यस्तै ललितपुर महानगरपालिका–१ तिमल्सिनाचोकस्थित महोत्तरी घर भएका सन्दिप कोइरालाको सिद्धार्थ इन्टरप्राइजेज रङ तथा हाडवयेर पसलमा विद्युत् चुहिएर बिहीबार राति आगलागी हुँदा विभिन्न सामग्रीसहित झण्डै रु एक करोड २५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology