• Monday 27th of July 2026

लकडाउन : अलपत्र परेकालाई उद्धार


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम रोक्न सरकारले लकडाउन गरेपछि अलपत्र परेका ५० जना कामदारलाई उद्धार गरिएको छ । रुपनी गाउपालिका १ स्थित रुपनी चोकबाट उनीहरुलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले आज यहाँ जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक तिलक भारतीले ती कामदारलाई आआफ्नो घर पु¥याउने प्रबन्ध मिलाइएको बताउनुभयो । उहाँका अनुसार ती उद्धार गरिएकामा सर्लाही ३८, रौतहट ४, बारा ४ र सिरहा ४ जना रहेका थिए । विराटनगर, इटहरी, राजविराज लगायत विभिन्न स्थानबाट आएर सो चोकमा अलपत्र परेका थिए । स्थानीय निकायसँग समन्वय गरी उनीहरुलाई खाजा समेत खुवाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology