• Monday 27th of July 2026

चैती छठ पर्व सार्जजनिक स्थल र पोखरीमा नमनाउन आग्रह


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरस सङ्क्रमणलाई दृष्टिगत गरी आस्थाको महापर्व चैती छठको पूजा सार्वजनिक स्थल र पोखरीमा नमनाउन आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले कोरोना भाइरसको सङ्क्रमण सन्दर्भमा सरकारद्वारा गरिएको लकडाउनको अवस्थालाई मध्यनजर गर्दै आज हुने चैती छठको पूजा सार्जजनिक स्थल र पोखरीमा नमनाउन आग्रह गरेको छ । कोरोना भाइरस महामारीका रूपमा फैलिरहेको स्थितिलाई मनन गरी सो पर्वको पूजा सार्वजनिक स्थल र पोखरीमा नमनाउने आग्रहको पालनका लागि सक्रिय सहयोग र समन्वयका लागि अनुरोधसमेत गरिएको छ । कार्यालयका प्रवक्ता रामेश्वर कार्कीद्वारा जारी विज्ञप्तिमा विषम अवस्थामा गरिएको आग्रहका कारण चैती छठ पूजाका श्रद्धालु र भक्तजनप्रति पर्न गएको पीडाका लागि क्षमायाचना पनि गरिएको छ ।

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरूप पारस्परिक आत्मीयता र सद्भावका प्रतीकका रूपमा छठ पर्व कात्तिक र चैत महिनामा मनाइने गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology