• Sunday 26th of July 2026

भारतमा के भयो यस्तो? २४ घन्टामा ४३७ कोरोना भाइरसका सङ्क्रमित थपिए


  • गोकर्णेश्वर अनलाइन

२० चैत (रासस÷एएनआई) : भारतमा कोरोना भइरसको प्रकोप बढ्दै जाने देखिएको छ । यहाँ अहिलेसम्म १ हजार ८३४ जनामा यसको सङ्क्रमण भेटिएका छन् । २४ घन्टाभित्रै ४३७ जना नयाँ सङ्क्रमित भएको बताइएको छ । भारतीय अधिकारीहरुले यो अवस्थालाई निकै गम्भीर भनेका छन् । उनीहरुले यसैगरी नयाँ सङ्क्रमित थपिँदै जाने हो भने यसले अवस्था झनै गम्भीर हुने देखिएको उनीहरुको भनाई छ । प्राप्त पछिल्लो समाचारमा भारतमा हालसम्म यो सङ्क्रमणबाट कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ । त्यसैगरी यसका सङ्क्रमितहरु मध्ये १४३ जना निको भएर घर फर्किएका छन् । अरु सबैजना अस्पतालमा उपचाररत छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा प्रत्येक दिन नयाँ नयाँ सङ्क्रमितहरु थपिँदै जान लागेकोले भारतले घोषणा गरेको लकडाउनको अवस्थामा थप कडाई गर्नुपर्ने धारणा राखेका छन् ।

पछिल्ला केही दिनमा भारतमा यसरी सङ्क्रमितहरुको संख्या थपिँदै जान लागेपछि बिहीबार बिहान भारतीय गृहसचिव अजय भल्लाले भारतको गृह प्रशासनको आदेशमा जारी लकडाउनको नीतिलाई अझै कडा रुपमा पालना गराउन सबै राज्य सरकारहरुलाई आग्रह गर्नुभएको छ । भारतीय प्रधानन्त्री नरेन्द्र मोदीले हालैमात्र त्यहाँ २१ दिनसम्म सम्पूर्ण देशभरि लकडाउनको घोषणा गर्नुभएको थियो । भारतमा सबै देशभरमा लकडाउन गरेर सामाजिक दुरी कायम गर्नसक्नु नै यस रोगका विरुद्धमा लड्ने औजार र औषधि रहेको बताउनुभएको थियो । उहाँले नागरिककै स्वास्थ्यका लागि यस्तो नीति लिनुपरेको भन्दै आफ्नो स्वास्थ्यका लागि घरैमा बसिदिन र खाद्यान्न आदि किनमेलका लागि छुट्याइएको समयमा पनि सामाजिक दुरी कायम गरेर किनमेल आदि गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology