• Monday 27th of July 2026

एक हजार २४७ सवारी साधन प्रहरीको नियन्त्रणमा


  • गोकर्णेश्वर अनलाइन

लकडाउनको अवज्ञा गर्ने एक हजार २४७ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका नायव प्रहरी उपरीक्षक मानबहादुर राईका अनुसार लकडाउन उलङ्घन गर्नेमा सबैभन्दा बढी मोटरसाइकल ७६३, स्कुटी ५२, कारभेन २३, ट्रयाक्टर १४, ट्रक २५, साइकल ३३०, सिटी ट्याम्पो ४० रहेका छन् । चैत ११ गतेबाट शुरु भएको लकडाउनमा अटेर गर्ने छ जना व्यक्तिलाई पनि प्रहरीले नियन्त्रण लिएको उहाँले बताउनुभयो । यसैगरी, बजारमा दैनिक उपभोग्य वस्तु विक्रीवितरणका लागि सामाजिक दूरी कायम गराउन प्रहरीले देखाएको सक्रियताप्रति नगरवासीले खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology