• Monday 27th of July 2026

त्तेतीस जना कैदीबन्दी छाडिए


  • गोकर्णेश्वर अनलाइन

मुलुकमा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण वीरगञ्ज कारागारले दुई भारतीयसहित ३३ जना कैदी बन्दीलाई छाडेको छ । सर्वोच्च अदालतले गरेको निर्णयनुसार बढीमा एक वर्षभन्दा कम सजाय भोग्न बाँकी रहेका कैदीबन्दीले दिनको रु ३०० जरिवाना तिरेर छाड्ने निर्णय गरेपछि जिल्ला अदालतमा त्यसअनुरुप दिएको निवेदनअनुसार ३८ जनामध्ये ३३ जनालाई छाडिएको जेलर श्रवणकुमार पोखरेलले राससलाई जानकारी दिनुभयो । बाँकी पाँच जना कैदीबन्दी सजाय भुक्तानका लागि अदालती प्रक्रियामा रहेका छन् । छुट्ने कैदीमध्ये विशेष गरी बहुविवाह, सवारी ज्यान, कुटपिट, किर्ते, ठगी, लागुऔषध, चेलीबेटी बेचविखनलगायत मुद्दामा सजाय काटिरहेका कैदी भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology