• Tuesday 28th of July 2026

कोरोना सङ्क्रमणबाट थप एक भूपू गोर्खाको निधन


  • गोकर्णेश्वर अनलाइन

लण्डनमा कोरोनाबाट शनिबार थप एकको निधन भएको छ । पुख्र्याैली घर तनहुँ शुक्ला गण्डकी नगरपालिका–१ भएका ७३ वर्षीय भूपूगोर्खा क्षेत्रबहादुर मल्लको उपचारका क्रममा निधन भएको तनहुँ समाज युकेका अध्यक्ष लेख गुरुङले जानकारी दिनुभयो । मल्ल सन् २०१२ देखि आफ्ना श्रीमती र छोरा–बुहारीसहित बेलायतको विनचेस्टरमा बस्दै आउनुभएको थियो । उहाँलाई पहिलादेखि उच्च रक्तचाप र मुटुको रोगसमेत रहेको र गत वर्ष मुटुको शल्यक्रिया पनि गरेको समाजका अध्यक्षले बताउनुभयो । श्वासप्रश्वासमा कठिनाइ आएपछि उहाँलाई प्रिन्सेस आन अस्पताल साउथह्याम्टनमा एक साताअघि भर्ना गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology