• Tuesday 28th of July 2026

प्रभु बैंकमा आगलागी


  • गोकर्णेश्वर अनलाइन

चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ । विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी बताउनुभयो । उहाँका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ । बिहान ११ः २० बजे लागेको आगो ११ः४५ बजे नियन्त्रणमा लिइएको हो । क्षतिको विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology