• Tuesday 28th of July 2026

लेदो पदार्थयुक्त पम्पलाई कारवाही


  • गोकर्णेश्वर अनलाइन

पेट्रोल पम्पबाट लेदो पदार्थ निस्किएपछि भक्तपुरको लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टर बन्द गरिएको छ । उजूरीपछि आज अनुगमन गरी पम्पलाई बन्द गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार सो पम्पबाट नमूना परीक्षणका लागि तेल ल्याइएको र प्रतिवेदन नआउञ्जेल बिक्रीवितरणमा रोक लगाई बन्द गरिएको छ । उहाँका अनुसार नियमित बजार अनुगमनका क्रममा आज ललितपुरको खुमलटारस्थित पिपुल होम केयर सेन्टरले मास्कमा बढी मूल्य लिएको भेटिएपछि रु दुई लाख जरिवाना गरिएको छ । एन–९५ मास्कको खरीद मूल्य रु पाँच सय रहेकामा पिपुल होमले रु आठ सय लिएको पाएपछि कारवाही गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज नै ह्याण्ड वास खरीदमूल्य (एमआरपी) भन्दा बढी मूल्य लिएको भेटिएपछि सीतापाइलास्थित सेलवेज क्यास एण्ड क्यारीलाई रु दुई लाख जरिवाना गरिएको छ । खरीद मूल्य रु २८० रहेकामा सेलवेजले रु ३३४ लिएको पाएपछि कारवाही गरिएको उहाँले जानकारी दिनुभयो । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology