• Tuesday 28th of July 2026

खोलाले बगाउँदा युवकको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

मकवानपुरमा बाढीले मोटरसाइकल बगाउँदा त्यसमा सवार एक युवकको ज्यान गएको छ । भीमफेदी गाउँपालिका–८ इपादेउरालीका २३ वर्षे सन्तोष भनिने कृष्ण खनालको ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार मृतक खनाल काठमाडौँको कालिमाटीमा तरकारी व्यवसाय गर्ने गर्थे । लामो समयको लकडाउनका कारण इपादेउरालीमा रहेको घर फर्किएका उनीलाई मोटरसाइकलमा स्थानीय कोगटे खहरेले मोटरसाइकलसहित बगाएको थियो ।

गए राति काठमाडौँबाट बा४४प ६०५८ नंको मोटरसाइकलमा घर आउँदै गरेका खनाललाई भारी वर्षापछि आएको खहरेले मोटरसाइकलसहित बगाउँदा ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी सुजन पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology