• Tuesday 28th of July 2026

हात्तीको आक्रमणबाट मृत्यु


  • गोकर्णेश्वर अनलाइन

हात्तीको आक्रमणबाट सप्तरीको शम्भुनाथ नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट शम्भुनाथ नगरपालिका–२ स्थित भलुवाही टोलकी ३८ वर्षीया महिला जानकी मगरको मृत्यु भएको स्थानीय राजु जयसवालले बताउनुभयो । जानकीको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको छ । जायसवालका अनुसार तीनवटा हात्तीको समूहले लक्ष्मण मण्डल र बलराम इशरको घर भत्काएको छ । दुई दिनअघि हात्तीको समूहले अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलका वीरेन्द्र राम, श्यामकुमार राम, लक्ष्मीदेवी राम र नारायण रामको घर तोडफोड गरेर खाद्यान्न खाई क्षति पुर्यएको थियो ।

ट्रकमा ठोक्किएर युवकको मृत्यु

सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ सीतापुरमा आज भएको दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गस्थित सवारी साधन मर्मत गर्ने ग्यारेज अगाडि सडक किनारमा रोकिराखेको ना३ख ६१२६ नंको ट्रक पछाडि ठोक्किएर स८प ५६२९ नंको मोटरसाइकल सवार अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ प्रसवनीका २३ वर्षीय विक्रम सरदारको घटनास्थलमै मृत्यु भएको स्थानीय तारकेश्वर सिंहले जानकारी दिनुभयो । उहाँसँगै मोटरसाइकल पछाडि रहनुभएका सोही ठाउँका २६ वर्र्षीय तरुण सरदार गम्भीर घाइते हुनुभएको छ । घाइते तरुणलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएको छ । उहाँहरु बिहानै माछा मार्न घरबाट निक्लिनुभएको स्थानीय रमेश चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology