• Tuesday 28th of July 2026

जङ्गली च्याउ खाएर एकको मुत्यु


  • गोकर्णेश्वर अनलाइन

सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ मा जङ्गली च्याउ खाएर एकको मृत्यु भएको छ । जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा सभापोखरी–२ गोठगाउँकी २४ वर्षीया मनिला राईको उपचारका क्रममा गएराती विराटनगरको नोबेल अस्पतालमा मुत्यु भएको सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिनुभयो । बिरामी परेकी राईलाई यही २१ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएको थियो ।

सो अस्पतालले उहाँलाई यही २३ गते नोबेल रिफर गरेको थियो । गत शनिबार मनिलाका श्रीमान् सन्देश राईले टिपेर ल्याएको च्याउ खाँदा सूर्यबहादुर लिम्बू, मनिलाकी छोरी तीन वर्षीया सुपी राई, छिमेकी २५ वर्षीय दिनेश राई, उनकी श्रीमती २४ वर्षीया अनिता र तीन वर्षीया छोरी आकाङ्क्षा बिरामी भएका प्रहरीले जनाएको छ । बिरामी परेकामध्ये पाँचजना उपचारपश्चात् घर फर्किएको जिल्ला अस्पतालका प्रवक्ता सुजता पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology