• Monday 27th of July 2026

पाकिस्तानमा कोरोना संक्रमित ४४ हजार पुगे


  • गोकर्णेश्वर अनलाइन

इस्लामाबाद, ६ जेठ (रासस–एएनआई) –– पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ४३ हजार ९६६ जना पुगेको छ । पाकिस्तानी स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार ८४१ जना नयाँ संक्रमित भेटिएको जनाएको छ । प्राप्त विवरण अनुसार पाकिस्तानको पंजाब प्रान्तमा १५ हजार ९७६ जना, सिन्धमा १७ हजार २४१ जना, खिबर पख्तुनख्वामा ६ हजार २३० जना, बलोचिस्तानमा २ हजार ८२० जना, गिल्गिट बाल्टिस्टानमा ५५० जना, इस्लामाबादमा १ हजार ३४ जना तथा पाकिस्तान अधिनस्थ काश्मिरमा ११५ जना संक्रमित भएका छन् ।

स्वास्थ्य अधिकारीहरुले कूल संक्रमितमध्ये १२ हजार ४८९ जना डिस्चार्ज भइसकेको बताएका छन् । पाकिस्तानमा कोरोना संक्रमितमध्ये हालसम्म ९३९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology