• Wednesday 29th of July 2026

दुर्घटनामा दुईको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

सप्तरीको खड्क नगरपालिका–६ चकुवामा ट्र्याक्टर दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको नम्बर नभएको ९कृषिबाट अनुदान प्राप्त० पावर ट्रिलरको ट्र्याक्टर सोमबार साँभm आफैँ अनियन्त्रित भई पल्टिँदा सोही ट्र्याक्टरमा सवार स्थानीयवासी ७५ वर्षीय गुदीलाल चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । घाइते भएका उनलाई उपचारका लागि सिरहाको लहानस्थित त्रिशक्ति अस्पतालमा लगिएको भए पनि उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएका चौधरी ट्र्याक्टर चालक हरि चौधरीका बुवा रहेको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सप्तरीको बोदेबर्साइन नगरपालिका–२ बैरियामा मोटरसाइकलको ठक्करबाट एउटा गाई समेत मरेको छ । स४प २१३१ नंको मोटरसाइकलले ठक्कर दिँदा गाई घटनास्थलमै मरेको प्रहरीले जनाएको छ । त्यस्तै हिजो पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित जन्डोलमा सवारी साधनको ठक्करबाट नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पहिचान खुल्न नसकेका अन्दाजी १९ वर्षीय एक युवकको मृत्यु भएको थियो । कालो जिन्स पाइन्ट, सेतो फुल बाहुला भएको सर्ट लगाएका र उचाइ पाँच फिट तीन इन्च तथा शरीर पातलो कालो वर्ण हेर्दा तराईवासीजस्तोे देखिने युवकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । यस्तै सप्तरीको सप्तकोशी नगरपालिका–११ मलेठमा पनि मोटरसाइकलको ठक्करबाट एउटा भैँसीको ज्यान गएको छ । कञ्चनपुर–फत्तेपुर सडकखण्डमा कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को३३प ६२८ नंको मोटरसाइकलले स्थानीय दोमेश्वर खङको भँैसीलाई ठक्कर दिँदा भैसीको घटनास्थलमै मरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology