• Wednesday 29th of July 2026

कपिलवस्तु आगलागीमा जले नौ घर


  • गोकर्णेश्वर अनलाइन

कपिलवस्तुको विजयनगर गाउँपालिका – ७ मानपुरमा आगलागी हुँदा नौ घर र दुई गोठ जलेर नष्ट भएका छन् । स्थानीयवासी रमेश यादवको फुसले छाएको गोठबाट शुरु भएको आगोबाट घरमा रहेका अन्नपात, लत्ताकपडा तथा अन्य सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले बताउनुभयो । आगलागीबाट रु २० लाख बराबरको क्षति भएको छ । घटनाको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । आगोबाट मानवीय तथा चौपायाको क्षति भएको छैन । कृष्णनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको हो । गर्मीयाम शुरु भएसँगै यहाँ आगलागीका घटना बढेका छन् । गत चैतमा पनि विजयनगरको गुगौलीमा आगलागी हुँदा ४९ घरगोठ जलेर नष्ट भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology