• Monday 27th of July 2026

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै झण्डै ८ हजार सङ्क्रमित


  • गोकर्णेश्वर अनलाइन

१७ जेठ (रासस÷एएनआई) : भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरी गरेर कुल सात हजार ९६४ जनामा सङ्क्रणको भएको हो । थपिएका यी सङ्क्रमितसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या एक लाख ७३ हजार ७६३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण अरु २६५ जनाको मृत्यु भएको पनि जानकारी दिएको छ । योसँगै कुल मृतकको संख्या चार हजार ९७१ पुगेको छ ।

पछिल्लो विवरण अनुसार देशभरी अहिले पनि ८६ हजार ४२२ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने ८२ हजार ३७० जना सङ्क्रणमुक्त भएका छन् ।भारतमा पटक पटक गरेर देशव्यापी लकडाउनको अवधि थपिदै लगिएको छ भने जनजीवन कष्टकर हुन थालेपछि अहिले विभिन्न चरणमा लकडाउनलाई खुकुलो बनाइदै लगिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology